शसस्त्रका आईजिपी खनालले सच्याए डिआईजीको सरुवा

शसस्त्रका आईजिपी खनालले सच्याए डिआईजीको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नियमविपरित गरेको डिआईजीको सरुवा परिवर्तन भएको छ । महानिरीक्षक खनालको सिफारीसमा आईतबार राती गृहमन्त्रालयले ८ जना डिआईजीको सरुवा गरेको थियो । गृहमन्त्रालयले गरेको मन्त्रिस्तरीय सरुवा त्रुटिपूर्ण देखिएको भन्दै काठमाडौंपाटीले समाचार सार्वजनिक गरेको थियो ।

आईतवार सांझ गृहमन्त्रालयले गरेको सरुवाअनुसार डिआईजी सुरज कुमार श्रेष्ठ महानिरीक्षकको सचिवालयमा, बावुराम पाण्डे मद्दती सेवा निर्देशनालयमा, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालयमा, बसन्त कुमार बानिया कार्य विभाग र मन्दिप श्रेष्ठलाई पुर्व क्षेत्रस्थित बराह बाहिनीको बाहिनीपतिमा सरुवा गरेको थियो ।

त्यसैगरी डिआईजी चिरन्जीवी अधिकारी पश्चिम क्षेत्रस्थित मुक्तिनाथ बाहिनीको बाहिनीपतिमा,नगेन्द्र थापा सुदुरपश्चिमस्थित वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई मध्यपश्चिमस्थित महेश्वरी बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको थियो ।

शसस्त्र प्रहरीको प्रवक्ता समेत रहेका डिआईजी बावुराम पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरेपछि उक्त सरुवामा त्रुटी देखिएको भन्दै समाचार सार्वजनिक भएको थियो । जवकी सशस्त्रमा उक्त निर्देशनालयमा डिआईजीको दरबन्दी नै थिएन् । काठमाडौंपाटीमा समाचार सार्वजनिक भएलगत्तै महानिरीक्षक खनालले सिफारीसमा आफ्नो गल्ती भएको भन्दै गृहमन्त्रालयमा फेरी अर्को पत्र पठाएका थिए । उनले डिआईजी पाण्डेलाई मद्दती सेवा निर्देशनालयबाट व्यवसायीक तथा गुणस्तर निर्देशनालयमा सरुवाका लागी अर्को पत्र पठाएका छन् ।

सशस्त्रमा हाल सिमा विभागमा दुई जना डिआईजी र कार्य विभागमा एक जना डिआईजीको दरबन्दी खाली हुंदा हुंदै पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरेपछि सशस्त्रमा खनालको आलोचना भएको थियो ।

यो पनि पढ्नुहोस् –

सशस्त्रका डिआईजीको सरुवा अवैधानिक,गृहमन्त्री र गृहसचिव पनि झुक्काइए