पाँचौं नेपाल एपीएफ स्कुल कपमा जनसेवा र सिद्धार्थ बनस्थली विजयी

पाँचौं नेपाल एपीएफ स्कुल कपमा जनसेवा र सिद्धार्थ बनस्थली विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौंमा माघ २३ गतेबाट संचालित ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ अन्तर्गत बुधबार सम्पन्न खेलहरुमा जनसेवा माध्यमिक विद्यालय, सिद्धार्थ बनस्थली इन्स्टिच्युट र एआई स्कुल विजयी भएका छन् ।

जनसेवाले नेशनल मोडल एकेडेमी साइन्स स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ भने सिद्धार्थ बनस्थलीले हारती शिक्षा मन्दिरलाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।

यसैगरी, एआई स्कुलले जेसिस इन्टरनेशनल स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ भने सैनिक आवासीय महाविद्यालय र साल्भेनिया एकेडेमीले २–२ गोलको बराबरी खेलेका छन् ।

नेपाल एपीएफ स्कुलको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयहरु गरी कूल २० वटा टिमले सहभागिता जनाएका छन्. ।