काठमाडौं– सशस्त्र प्रहरी बलले महोत्तरीका विभिन्न ठाउमा निशुल्क स्वास्थ्य उपचार र राहत वितरण कार्य सम्पन्न गरेको छ । केही दिन अघि तराईका विभिन्न जिल्लामा गएको वाढी पहिरोले धनजनको ठुलो मात्रामा क्षती भएपछि सशस्त्र प्रहरीले सशस्त्र प्रहरी निरीक्षक डा. रोशन झाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली महोत्तरी र सुनसरी लगायतका जिल्लामा खटाएको थियो ।
टोलीमा तिन डाक्टर, १ स्टाफ नर्स, तीन जना फार्मसीस्ट र तीन जना मेडिकल एसिसटेन्स छन् । उनिहरुले महोत्तरीको गौसालालगायत विभिन्न क्षेत्रमा स्थानीय बासिन्दालाई राहत वितरण गरेका छन् । त्यसका साथै सशस्त्रले निशुल्क हेल्थ क्याम्प पनि संचालन गरेको छ । बाढि प्रभावित स्थानिय बासिन्दालाई त्रिपाल, खानेकुरा, छाता,टर्च लाइट,सावुन र लत्ता कपडालगायत सामाग्री वितरण गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक डा.रोशन झाले संगठनको निर्देशनअनुसार राहत कार्य र निशुल्क हेल्थ क्याम्प सम्पन्न भएको बताए । सशस्त्रले तराईमा बाढीले धनजनको क्षती गरेलगत्तै तराईका विभिन्न जिल्लामा राहत वितरण र निशुल्क हेल्थ क्याम्प संचालन गरेको थियो ।
प्रतिक्रिया