चिप्लीएर घाँसे मैदानमा धसिएको यति एयरलाइन्सको विमानलाई यसरी हटायो सशस्त्रको टोलीले

चिप्लीएर घाँसे मैदानमा धसिएको यति एयरलाइन्सको विमानलाई यसरी हटायो सशस्त्रको टोलीले


काठमाडौं–अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लीएर घाँसे मैदानमा धसिएको यती एअरलायन्सको चार्टर विमानलाई सशस्त्र प्रहरीको टोलीले आफ्नो जनशक्ति तथा स्काभेटरको सहयोगमा आज धावनमार्ग हुँदै सुरक्षित स्थानमा पु¥याएको छ । यतिको विमान हटाएपछि उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु भएको छ ।

नेपालगञ्जबाट काठमाडौको लागि उडेको यति एयरलायन्सको नाइन एन एएचडब्लु जेट स्टिम चार्टर विमान शनिवार सांझ साँढे आठ बजे कोटेश्वरतर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लीएर पांच मिटर वायाँतर्फको घाँसे मैदानमा जहाजको तीनवटै पांग्रा धसिन पुगेको थियो । विमानमा चालक दलका ३ जना सहित २१ जना यात्रुहरु सवार थिए ।

उक्त दुर्घटनापछि आइृतबार बिहान करीव साँढे ३ बजे सशस्त्र प्रहरी नायव उपरीक्षक ओजेश वलीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षकद्वय मिनराज भट्ट र भवराज कटवालको छुट्टा छुट्टै विपद उद्धार टोली उद्वार कार्यको लागि खटिएको थियो ।

एपीएफको लगातारको प्रयासपछि आज विहान करीव साँढे ७ बजे उक्त जहाजलाई धसिएको घाँसे मैदानबाट धावनमार्ग हुँदै त्यहाँबाट हटाउन सफल भएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।