एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद


झापा- झापा जिल्लाको मेची नगरपालिका ६ बाट आइतबार एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । अवैध रुपले भन्सार छलेर चोरीपैठारी गरी ल्याउँदै गरेको फुड सप्लिमेन्ट तथा विभिन्न किसिमका औषधीहरु सशस्त्र प्रहरी बल नेपाल राजस्व एवं भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीलाई देख्नासाथ उक्त सामान ल्याउने व्यक्तिहरु सामान छोडेर भागेका थिए । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको जनाइएको छ ।