काठमाण्डु– अपि पावर कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ।
भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभासं घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी रु ५७८.६५ करोडको शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
अब विद्युत नियमन आयोगको स्वीकृति पछ्यात र आगामी बस्ने कम्पनीको आ.व. २०८०/०८१ को २१औं वार्षिक साधारण सभाबाट अनुमोदन भई निर्णय भएपश्चात् मात्र लाभासं सेयरधनीले प्राप्त गर्नेछन।
प्रतिक्रिया