अपीले पायो हकप्रद सेयर निष्कासनको अनुमति

अपीले पायो हकप्रद सेयर निष्कासनको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ ।

बोर्डले बिहिवार अपी पावरलाई १०ः३.९३६२९२६ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो । हकप्रद पाउने हल्लासंगै बिहिवार सबैभन्दा धेरै कारोबार अपी पावर लिमिटेडकै भएको छ । बिहिवार अपीको मुल्य ५ सय १३ रुपैया पुगेको छ ।

अपीले आफ्ना सेयरधनीहरुलाई १ अर्ब ८ करोड ६० लाख रुपैयाँबराबरकोे १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको यो हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।