सन्धिखर्क – अर्घाखाँची प्रिमियर लिग (एपिएल) तेस्रो संस्करणको खेलमा अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले उपाधी जितेको छ । फाइनल खेलमा नमस्ते अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले पहिलो पटक उपाधी जितेको हो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको एम्स स्टारले १९.५ बलमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो ।
एक सय ११ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नमस्ते अर्घाखाँची १८.४ बलमा ८४ रनमै अलआउट हुन पुग्यो । जितसँगै एम्स स्टारले नगद एक लाख ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा खुम्चिएको नमस्ते अर्घाखाँचीले नगद ५५ हजारमा चित्त बुझाउनु र्पयो ।
यस्तै नमस्ते अर्घाखाँचीका सौरभ खत्री प्लेयर अफ द टुर्नामेन्टको रुपमा पुरस्कृत भएका छन् । उनले प्रतियोगीता भरी १६० रन बनाए भने १२ विकेट पनी लिएका थिए ।
प्रतिक्रिया