आईफोन–११ को बिक्रीले एप्पलको आम्दानी ५६ अर्ब डलर

आईफोन–११ को बिक्रीले एप्पलको आम्दानी ५६ अर्ब डलर


वासिङटन – पहिलो आर्थिक त्रैमासमा आईफोनको आम्दानी ५६ अर्ब डलर भएको एप्पलले जनाएको छ । यो आम्दानी विश्लेषकहरुको अनुमान भन्दा पनि बढी हो । यसले आईफोन–११ ले बलियो सुरुवात गरेको प्रमाणित गरेको छ ।

पहिलो त्रैमासिक अवधिमा आईफोनको आम्दानी अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएको छ र चौथो त्रैमासमा आईफोनको बिक्रीबाट भएको ३३.३६ अर्ब डलरबाट उकालो लागेको छ । विश्लेषकहरुले पहिलो त्रैमासिक अवधिमा ५१.६२ अर्ब डलरको आम्दानी हुने अपेक्षा गरेका थिए ।

आइफोन–११ को यो बिक्रीमा बिक्रीको पहिलो पूर्णकालिन अवधिको आंशिक योगदान रहेको छ । यो फोन गत वर्ष लन्च गरिएको थियो । यो आम्दानीले आईफोन–११ र आईफोन–११ प्रो मोडलको बलियो माग रहेको देखिएको सीईओ टीम कुकले बताएका छन् ।

‘मानिसले ब्याट्रिको आयु मन पराएका छन् । उनीहरुले क्यामेरा मन पराएका छन् । उनीहरुले औद्योगिक डिजाइन मन पराएका छन् । ब्याट्री पुरै दिनभरी टिक्छ,’ कुकले भने ।

यसको मूल्य पनि सही भएकाले बिक्री राम्रो भएको भनाई उनको थियो । फिस्कल पहिलो त्रैमासले महत्वपूर्ण बिदाको मौसमलाई पनि समेट्छ । जसले वर्षको अन्य समयको तुलनामा आम्दानी पनि उच्च गराएको छ ।

एप्पलले अन्य खालका व्यवसायहरु वेरेबल र सेवातर्फ पनि आफ्नो ध्यान केन्द्रीत गरेको छ । स्मार्टफोन बजारमा व्यापक स्थिरता देखिएकाले एप्पलले आफ्नो व्यवसायलार्य स्मार्टफोन बाहेक अन्यत्र पनि बढाउन लागेको हो ।

आईफोन अझैपनि एप्पलको सर्वाधिक महत्वपूर्ण उत्पादन रहदै आएको छ । यसले समग्र आम्दानीमा ठूलो हिस्सा ओगट्दै आएको छ ।