काठमाण्डु – भारतको राजधानी रहेको स्थान दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा गर्ने घोषणा गरेका छन् । आम आदमी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दुई दिनअघि जमानतमा जेलबाट बाहिर आएका केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा गर्ने उद्घोष गरेका हुन् ।
‘भाजपाले ममाथि बेइमानी, भ्रष्टाचारको आरोप लगाएको छ । अब जनताको अदालतमा मेरो इमानको फैसला हुने छ । दुई,तीन दिनमा विधायकहरूको बैठकमा नयाँ मुख्यमन्त्री चयन गरिने छ । चुनावसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन,’ केजरीवालले भने ।
केजरीवालले आफू अब जनताको बीचमा जाने बताएका छन् । ‘म जनताको बिचमा जान्छु, हरेक गल्लीमा जान्छु, घर घरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन’ केजरीवालले भने ।
प्रतिक्रिया