एजेन्सी – विश्वकै ठूलो तेल कम्पनी साउदी अरामकोले आफ्नो बहुप्रतिक्षित आईपीओकासाथ बजारमा आएपछि बुधबार सेयर बजारमा सूचीबद्ध भएको छ ।
अरामकोको आईपीओ आफ्नो जारी मूल्यको तुलनामा १० प्रतिशत प्रिमियमका साथ ३५.२० रियालमा सूचीबद्ध भएको छ । आईपीओकोको माध्यमबाट २५.६० अर्ब डलर रकम जुटाउने अपेक्षा कम्पनीको थियो ।
आईपीओमा सूचीबद्ध भए लगत्तै रकम जुटाउने मामिलामा यसले २०१४ मा न्यूयोर्कमा सूचीबद्ध भएको अलिबाबाको २५ अर्ब डलरलाई पछि पारेको छ । साउदी अरामकोले प्रविधि क्षेत्रको सर्वा्धिक ठूलो कम्पनी एप्पललाई पनि बजार पुँजीकरणको आधारमा पछि पारेको छ ।
आईपीओमा सूचीकृत भएपछि कम्पनीको कुल पुँजी बढेर लगभग १.८८ ट्रिलियन डलर (१ ट्रिलियन बराबर १० खर्ब) पुगेको छ । यो एप्पलको बजार पुँजी १.२ ट्रिलियन डलरको दाजोमा पनि बढी हो ।
प्रतिक्रिया