बदेंलको मासुसहित दुईजना पक्राउ

बदेंलको मासुसहित दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर– उदयपुुरको वेलामा बदेंलको मासुसहित दुई जना पक्राउ परेका छन्।

वेली नगरपालिका २ भागलपुरमा २५ केजी जंगली बदेँलको मासुसहित गणेश राई र फूलमाया तामाङ पक्राउ परेका उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए।

उनका अनुसार जंगली जनावर बँदेलको मासुसहित पक्राउ परेकालाई वन कार्यालयलाई जानकारी गराइएको छ। अब वन कार्यालयले कानुनी कारवाही अगाडि बढाउनेछ।

कोशी टप्पु वन्यजन्तु क्षेत्रनजिक पर्ने भएकाले जंगली जनवारको चोरी तस्कारीप्रति प्रहरीले समेत निगरानी बढाउँदै लगिएको प्रहरी कार्यालय उदयपुरले जनाएको छ।