धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने काठमाडौबाट पक्राउ

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने काठमाडौबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको धनगढीमा एक व्यक्तिलाई गोली प्रहार गरी साढे ९ लाख लुटेर फरार भएकाहरु काठमाडौंबाट पक्राउ परेका छन्।

एक साता अघि प्रभु मनि ट्रान्सफरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी साढे ९ लाख लुट्ने रामप्रवेश राना र कुल्लु भनिने कालु राना आइतबार राति काठमाडौंको गोंगबुबाट पक्राउ परेका हुन्।

यद्यपी, लुटिएको रकम भने बरामद नभएको कैलालीका एसपी बिनोद घिमिरेले जानकारी दिए।