झापा– पप्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले भारतीय नागरिक मुख्तार आलमलाई झापाबाट पक्राउ गरेको छ।
तीन महिलालाई झापा बजार हुँदै भारतको दीघल बैंकतर्फ लैजाँदै गरेका भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका आलम बिहीबार पक्राउ परेका हुन्।
इलाम फिक्कल र झापा बाहुनडाँगीका ती महिलालाई उद्धार गरिएको र अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिए।
पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय झापामा बुझाइएको छ।
प्रतिक्रिया