७ लाख भारुसहित एक भारतीय पक्राउ

७ लाख भारुसहित एक भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ७ लाख भारतीय रुपैयाँसहित राजधानीबाट एक जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त गौशलाले भारत बिहारका रामसागर भगतलाई ७ लाख भारुसहित जयबागेश्वरीबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौका डीएसपी मोहनकुमार थापाका अनुसार अवैध रुपमा मुद्रा सटही गर्न लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।