हतियार देखाएर ठेक्का कब्जा गर्ने गुण्डा नाइके र व्यापारीको हतियार बरामद

हतियार देखाएर ठेक्का कब्जा गर्ने गुण्डा नाइके र व्यापारीको हतियार बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र ललितपुर प्रशासनले हतियार देखाएर ठेक्का कब्जा गर्ने, पैसा असुल्ने, चर्को ब्याज लिने लगायतका काम गर्ने चार जनाको हातहतियारको इजाजत रद्द गरिदिएको छ।

प्रशासनले उग्रचण्डी २ काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ, काभ्रेकै बलराम सापकोटा, सोलुखुम्बुका आङकाजी शेर्पा र मोरङका रघुनाथ पूरीको हतियारको लाइसेन्स रद्द गरिदिएपछि प्रहरीले उनीहरुका हतियार बरामद गरेर कारबाही थालेको हो।

वीरेन्द्रलाल श्रेष्ठ प्रहरीका बिचौलिया र मिटर ब्याज धन्दाका नाइके हुन् भने ‘क्यासिनो किङ’का उपनामले चिनिने बले जुवाका नाइके हुन्।

विजयकुमार गच्छदार गृहमन्त्री हुँदा बलेले हतियारको लाइसेन्स लिएका थिए।  गुन्डागर्दीमा संलग्न रहँदै आएका पुरी म्यानपावर सञ्चालक हुन्।

सुरक्षा थ्रेटका नाममा उनीहरुले विगतमा लाइसेन्स लिएपनि  सार्वजनिक शान्ति सुरक्षामा खतरा हुन सक्ने प्रहरीको अनुसन्धान पश्चात प्रशासनले लाइसेन्स रद्द गरिदिएको हो।