युरोपियन देशको पासपोर्ट बोकेर नेपाल छिरेका तीन इरानी हिरासतमा

युरोपियन देशको पासपोर्ट बोकेर नेपाल छिरेका तीन इरानी हिरासतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–अध्यागमन कार्यालय, विमानस्थलले युरोपियन देशको पोसपोर्ट बोकेर नेपाल आएका तीन इरानीलाई पक्राउ गरेको छ।

अध्यागमन कार्यालय विमानस्थलले कालमेटिज जाभेर, दाभुद बोर्डबार र फारजेनेकलाई पक्राउ गरी अध्यागमन विभागमा पठाएको छ।
जाभेर फ्रान्सको, बोर्डबार चेक रिपब्लिक तथा हसानिराद पोल्याण्डको पासपोर्ट प्रयोग गरी नेपाल आएको बताइएको छ। उनीहरुसँग २र२ वटा पासपोर्ट भेटिएको अध्यागमनले जनाएको छ।

उनीहरुले बोकेको यूरोपियन देशको पासपोर्ट नक्कली भएको आशंका गरिएको छ।

मध्यपूर्वी एसियाली देशका नागरिकहरु यूरोप छिर्न नेपाललाई ट्रान्जिट बनाउने गर्दछन्। हरेक हप्ताजसो सिरिया, इरान, इराक लगायत देशका नागरिकहरु नेपालमा पक्राउ पर्ने गरेका छन्।