प्रधानमन्त्रीकाे बारेमा मिथ्या समाचार लेख्ने पाथीभरा अनलाइनका सम्पादक प्रहरी फन्दामा

प्रधानमन्त्रीकाे बारेमा मिथ्या समाचार लेख्ने पाथीभरा अनलाइनका सम्पादक प्रहरी फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– अस्पतालमा उपचार गराइरहेका प्रधामन्त्री केपी शर्मा ओलीको बारेमा मिथ्या (फेक) समाचार सम्प्रेषण गर्ने एक अनलाइनका सम्पादकलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

‘भ्रमपूर्ण समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जनमा गरेको’ भन्दै महानगरीय अपराध महाशाखाले पाथिभरा अनलाइन डटकमका सम्पादक हरिप्रसाद मानन्धरलाई पक्राउ गरेकाे हो। उनलाई विद्युतीय अपराध तथा कसुर अन्तरगत कारबाही सुरु गरिएको बताइएको छ।

 स्याङजाको हरिनाथ गाउँपालिका घर भएका  मानन्धर काठमाडाैंका कागेश्वरी मनहरा नगरपालिका  ८ बाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।