व्यापारीसंग एक लाख घुस लिने प्रहरी हवल्दार अख्तियारको फन्दामा

व्यापारीसंग एक लाख घुस लिने प्रहरी हवल्दार अख्तियारको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित नेपाल प्रहरीका एक जना हवल्दारलाई नियन्त्रणमा लिएको छ। आयोगको हेटौंडाको टोलीले टोलीले जिल्ला प्रहरी कार्यालय बाराका हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयमा सरसफाई विभागको कमाण्डरको रुपमा कार्यरत उनलाई एक जना व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ। यद्यपि ती व्यापारीका नाम खुलाइएको छैन।

अख्तियारका अनुसार हवल्दारले भारतबाट पान मसाला ल्याउन लाइन मिलाइदिने भन्दै व्यापारीसँग रकम मागेका थिए ।