निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो दल्ने पक्राउ

निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो दल्ने पक्राउ


काठमाडौं- नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्नेमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरिले मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्ता चन्द्रागिरी–४ का ३७ वर्षीय सुरेश तामाङलाई  पक्राउ गरेकाे हाे।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शुक्रबार तामाङलाई थानकोटबाट आइतबार पक्राउ गरेको हो ।

वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर शुक्रबार कालोमोसो दलिएको थियो ।