रविन्द्र मिश्र र रञ्जु दर्शनाका विषयमा मिथ्या समाचार लेख्ने अनलाइनका सञ्चालक पक्राउ

रविन्द्र मिश्र र रञ्जु दर्शनाका विषयमा मिथ्या समाचार लेख्ने अनलाइनका सञ्चालक पक्राउ


काठमाडौं–प्रहरीले नेपालटक डटकम र मुक्तिखबर डटकम नामक अनलाइनका सञ्चालक श्याम रोकालाई पक्राउ गरेको छ।

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग जोडेर विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गर्ने मिथ्या समाचार लेखेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले रोकालाई पक्राउ गरेको हो।

सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं शान्तिनगर बस्दै आएका रोकालाई पक्राउ गरी विद्युतीय अपराध कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले प्रहरीमा आफ्नो चरित्रहत्या गर्ने र गलत समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध उजुरी दिएपछि प्रहरीले रोकालाई पक्राउ गरेको हो।

गत शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिएलगत्तै विवेकशील साझाका संयोजक रविन्द्र मिश्रसँग जोडेर केही अनलाइनले यौन दुर्व्यवहारसँग जोडेर समाचार प्रकाशन गरेका थिए।