खैरो हिरोइनसहित सात जना प्रहरी फन्दामा

खैरो हिरोइनसहित सात जना प्रहरी फन्दामा


 

धनगढी– लागुऔषध खैरो हिरोइनको कारोबारमा संलग्न सातजना कैलालीको टीकापुरबाट पक्राउ परेका छन्।

 

 

टीकापुर नगरपालिकाका खगेन्द्र गिरी, वीरबहादुर चौधरी, धनगढी उपमहानगरपालिका, जुगेडा गाउँका उदय थापा, काठमाडौंका सन्तोष शाही, कर्मा शेर्पा, दीपेश स्याङ्बो तामाङ र नविन लामा तामाङ ४७ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्।

 

 

काठमाडौं घर ठेगाना भएका चारजनालाई काठमाडौं प्रहरीको समन्वयमा टीकापुरबाट गएको प्रहरी टोलीले र अन्य तीनजनालाई कैलालीमै पक्राउ गरिएको हो ।

 

 

भारतबाट लागुऔषध लिएर टीकापुरको बाटो हुँदै काठमाडौँ पठाउन खोजिरहेका उनीहरुलाई तीन दिनअघि पक्राउ गरिएको हो । पक्राउ परेका सातैजनालाई टीकापुरका डीएसपी टीकाबहादुर कार्कीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।