राजश्वका यी कर्मचारी घुससहित अख्तियारको फन्दामा

राजश्वका यी कर्मचारी घुससहित अख्तियारको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– राजश्व अनुसन्धान कार्यालय अत्तरियाका दुई जना कर्मचारी घुसहित पक्राउ परेका छन्।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सेवाग्राहीबाट घुस लिइरहेका नायब सुब्बा राजेन्द्र साउँद र कार्यालय सहयोगी टीकाराम जोशीलाई पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट घुसबापतको ४५ हजार रुपैयाँ पनि बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी खिमानन्द पाठकले जानकारी दिए।

 

प्रहरी निरिक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा गएको टोलीले पैसासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।