गौशाला– प्रहरीले महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो ।
काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ ख ५४३४ नम्रको सोनामाई डिलक्स रात्रिसेवा बसबाट गाँजासहित तीन जनालाई पक्राउ गरिएको
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए।
प्रहरीले गाँजासहित सो बसका चालक, सहचालक र एक अपरिचित व्यक्ति र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जनाएको छ।
प्रतिक्रिया