यातायातका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा

यातायातका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।

 

 

 

अख्तियारले नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई ३२ हजार घुससहित आइतबार पक्राउ गरेको हो।

 

 

साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको हो।

 

 

पक्राउ परेका नायब सुब्बा पोडैल र खरिदार पोख्रेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।