अश्लील भिडियो बनाएर रकम असुल्ने दुई युवक पक्राउ

अश्लील भिडियो बनाएर रकम असुल्ने दुई युवक पक्राउ


झापा– बलात्कारको प्रयास गरी अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

 

 

अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर बलात्कार गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय विजयबहादुर मगर र सोही स्थानका १७ वर्षीय नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो।

 

 

 

उनीहरुले एक महिलालाई बलात्कारको प्रयास गरी भिडियो खिचेको र त्यसैका आडमा पैसा असुल्ने प्रयास गरेकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए।

 

 

भिडियो बनाइसकेपछि ती युवाहरूले आफूहरुले भनेजति पैसा नदिए भिडियो फेसबुक तथा अन्य सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्कीसमेत दिएका थिए।