निर्वाचनको मुखैमा हतियारसहित तीन युवक पक्राउ

निर्वाचनको मुखैमा हतियारसहित तीन युवक पक्राउ


राजविराजः स्थानीय तहको निर्वाचन हुन ६ दिन बाँकी रहेका बेला प्रहरीले  सप्तरीबाट तीन जना युवालाई हतियारसहित पक्राउ गरेको छ।

 

 

प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित सकरपुराका ईश्वर मुखिया, महेश मुखिया र उपेन्द्र मुखियालाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

 

 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा लुकाइछिपाई ल्याइएको छ। अभियुक्तलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ।