नुवाकोट–अवैध रुपमा केरुङबाट भित्र्याइएको नौं केजी सुनसहित नुवाकोटबाट दुई जना पक्राउय परेका छन्।
चीनको केरुङबाट राजश्व छली नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङ पक्राउ परेका हुन्। उनीहरुलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो।
सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नम्बरको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
प्रतिक्रिया