मानव बेचबिखन मुद्दामा वडाध्यक्ष पक्राउ

मानव बेचबिखन मुद्दामा वडाध्यक्ष पक्राउ


नुवाकोट– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा पक्राउ गरेको छ ।

 

 

 

सिआइबीले बुधबार वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

 

 

 

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ । भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा रु पाँच लाख धरौटी राखी तामाङ रिहा हुनुभएको थियो ।

 

 

 

मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।