एजेन्सी- क्रोएसिया र अर्जेन्टिना सेमिफाइनमा प्रवेश गरेका छन् । कतारमा जारी फिफा विश्वकपमा शुक्रबार राति भएको खेलमा पेनाल्टी शूट आउटमा क्रोएसियाले ब्राजिललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
विश्वविजेता ब्राजिललाई पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ४–२ ले हराउन सफल भयो । यससंगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।
त्यसैगरी अर्को खेलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले नेदरल्यान्डसलाई पेनाल्टीमा ४-३ पराजित गरेको हो । सुरुमा दुवै टोलीले २-२ गोल गरेपछि खेल पेनाल्टी शूटआउटमा प्रवेश गरेको हो ।
क्रोएसियाले अब अर्जेन्टिनासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया