काठमाण्डु– परराष्ट्रमन्त्री आरजु राणा देउवा र राष्ट्रसंघीय उच्च प्रतिनिधि राबाब फातिमाबीच भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री राणा र फातिमाबीचबीच मंगलबार थाइल्याण्डको बैंककमा भेटवार्ता भएको हो ।
एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रका लागि परराष्ट्रमन्त्री राणा बैंककमा रहेकी छिन् ।
भेटका क्रममा अल्पविकसित मुलुकहरू, भूपरिवेष्ठित विकासशील मुलुकहरू तथा साना टापु विकासशील राष्ट्रहरूको लागि राष्ट्रसंघीय उच्च प्रतिनिधि मातिमाले अल्पविकसितबाट नेपाल स्तरउन्नती लगायतका विषयमा छलफल भएको थियो।
प्रतिक्रिया