धनगढीमा आरजुले किनेको घर एनआरएनएका अध्यक्ष भवन भट्टले किनिदिएको खुलासा

धनगढीमा आरजुले किनेको घर एनआरएनएका अध्यक्ष भवन भट्टले किनिदिएको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– आरजु राणा देउवाले आफुमाथीको टुरिष्ट उम्मेदवारको पगरी उम्काउन रातारात किनेको ३ करोडको घर एनआरएनएका अध्यक्ष भवन भट्टले किनिदिएको रहस्य खुलेको छ ।

 

 

कैलाली क्षेत्र नं. ५ की कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई धनगढीका मतदाताले टुरिस्ट उम्मेदवार भन्दै मत नदिने प्रतिक्रिया दिएपछि एनआरएनएका अध्यक्षले प्रधानमन्त्री पत्नी रिझाउन रातरात ३ करोडको घर किनेको खुलासा भएको हो ।

 

भट्टले ३ कट्टा तीन धुर क्षेत्रफल जग्गामा बनेको घर आरजु बस्नका लागी भन्दापनि मतदातालाई देखाउनको लागि मात्रै भएपनि किन्न कार्यकताले सुझाएपछि आरजुले फोनमार्फत सुनाएपछि तत्कालै पैसा पठाईदिएका थिए ।

 

 

 

हरेक पटक काठमाण्डौ आउदाँ सबैभन्दा पहिला आरजुलाई भेट्ने भट्टलाई अहिले सामाजिक सञ्जालमा देशबिदेशमा रहेका नेपालीहरुले तामाकाशी तेस्रोको गुन तिरेको भन्दै बिभिन्न प्रतिक्रिया दिएका छन ।

 

 

 

बेलायतमा बस्ने नेपालीले सञ्चालन गर्ने एउटा अनलाईनले त अध्यक्षज्यू घरकिन्ने पैसा एनआरएनएको थियो वा व्यक्तिगत भन्दै प्रश्न समेत गरेको छ । देउवा डडेलधुराबाट र पत्नी कैलालीबाट गरी दम्पत्ति नै प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवार छन् ।

 

 

 

प्रधानमन्त्री देउवा र आरजुसँग राम्रो सम्बन्ध भएकै कारण उनले ठूला–ठूला आयोजना फुत्काउने गरेका छन् । पछिल्लोपल्ट भट्टले तामाकोशी तेस्रो जलविद्युत आयोजनाको लाइसेन्स टीबीआई होल्डिङ्सको नाममा हात पारेका छन् । दृष्टि साप्ताहिकमा समाचार छ ।