परराष्ट्रमन्त्री राणा फेरी जेनेभा जाँदै

परराष्ट्रमन्त्री राणा फेरी जेनेभा जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- परराष्ट्रमन्त्री आरजु राणा देउवा स्विजरल्याण्डको जेनेभा भ्रमणमा जाने भएकी छन् । संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ५८ औं नियमित सत्रअन्र्तगत फागुन १२ देखि १४ गतेसम्म जेनेभामा आयोजना हुन लागेको हाइलेभल सेग्मेन्ट मा भाग लिन मन्त्री राणा जेनेभा जान लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री राणाले जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघअन्र्तगतका विभिन्न अन्र्तराष्ट्रिय संघ संस्थाहरुका प्रमुखहरुसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

जेनेभा भ्रमणको दौरानामा मन्त्री राणाले नेपाललाई मानवअधिकार परिषदको सदस्यमा जिताउन समेत सदस्य मुलुकहरुसंग सहयोगको लागि आग्रह गर्ने कार्यक्रम छ । मन्त्री राणाको फागुन १८ मा स्वदेश फर्कन कार्यक्रम रहेको छ ।