काठमाण्डु – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नयाँदिल्लीको चर्चित पुस्तक पसल खान मार्केटबाट किताब किनेकी छिन् । आइतबार बेलुकी खान मार्केट पुगेर परराष्ट्रमन्त्री राणाले बाहरी सन्समा केही पुस्तक किनेकी हुन् । तर उनले कुन किताब किनिन् खुलेको छैन ।
हिजो दिउँसो दिल्ली पुगेपछि नेपाली दूतावासमा केही समय बिताएर उनी बाहिरी सन्स गएकी थिइन् । नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि मन्त्री राणाका साथमा थिए ।
परराष्ट्रमन्त्री राणाले नयाँ र पुराना पुस्तकहरू किनेको दूतावासका अधिकारीहरूले जनाएका छन् ।
यसअघि जापानकी परराष्ट्रमन्त्री खामिखावा योको गत वैशाखमा नेपालको भ्रमण गर्दा काठमाडौंको जमलस्थित मण्डला पुस्तक पसलमा किताब किनेकी थिइन् ।
जापानी मन्त्रीले ‘गाई जात्रा’, ‘भतिजीहरू’, ‘बिस्केट जात्रा’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’, ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक बालबालिकासम्बन्धी चित्र पुस्तक खरिद गरेकी थिइन् । यस्तै उनले नेपाल पिक्चर लाइब्रेस पुस्तक ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्बिर पुस्तक, महिला सशक्तीकरण, भू–राजनीति, नेपालको ‘ल्यान्डस्केप’सम्बन्धी पुस्तक पनि उनले अरिद गरेकी थिइन ।
यसभन्दा अघि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले समेत मण्डलामा भ्रमण गरेर केही पुस्तक खरिद गरेकी थिइन् ।
Minister of Foreign Affairs, Hon. Dr. Arzu Rana Deuba @Arzuranadeuba , who arrived in Delhi today visited @Bahrisons_books at Khan market. @MofaNepal @Surendrathapaji pic.twitter.com/F32xsii3Uw
— Nepal Embassy, India (@EONIndia) August 18, 2024
प्रतिक्रिया