अर्जुन र मेहरबीच डिभोर्स

अर्जुन र मेहरबीच डिभोर्स


एजेन्सी – बिहे भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाबीच डिभोर्स भएको छ ।

मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’का अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो । सन् १९९८ मा बिहे गरेका अर्जुन बाहिरी यूवतीसँग प्रेम सम्बन्धमा भएपछि उनीहरुविच खटपट भएको थियो ।

न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन् । अर्जुन पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन् । उनीहरुले अहिलेसम्म बिहे गरेका छैनन् । तर, उनीहरुले सन्तानलाई जन्म दिएका छन् ।