काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका ४ जना प्रहरी उपरीक्षक (एसपी) हरू छानबिनमा तानिएका छन् ।
तराईका ४ जिल्लाका एसपीहरूलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोक तानेर छानबिन सुरु गरिएको छ ।
छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी रहेका सशस्त्र मुख्यालयले जनाएको छ ।
गिरीलाई गत बिहीबार धनुषाबाट मुख्यालय तानिएको थियो भने बाँकी ३ एसपीहरू सोमबार हेडक्वार्टर तानिएका हुन् ।
एसपीहरूमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वार्टर झिकाइएको सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया