सशस्त्र प्रहरीमा एआईजी बढुवाका लागि गृह मन्त्रालयले खोल्यो सूचना !

सशस्त्र प्रहरीमा एआईजी बढुवाका लागि गृह मन्त्रालयले खोल्यो सूचना !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहमा रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि आवश्यक कागजात पेश गर्न सूचना प्रकाशित गरेको छ ।

बढुवा समितिको सचिवालयका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईतबार सूचना प्रकाशित गर्दै बढुवाका लागि सम्भाव्य उम्मेदवारले शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपि संलग्न गरी ७ दिनभित्र सचिवालयमा पेश गर्न भनेका छन् ।

सशस्त्रको एआईजीमा बढुवाका लागि डीआईजीद्वय कमल गिरी र गणेश ठाडा मगरबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । वरिष्ठताका आधारमा डीआईजी कमल गिरी र गणेश ठाडा मगरबीच मुख्य प्रतिस्पर्धा हुनेछ । डीआईजी बढुवा हुँदा गिरी पहिलो नम्बर र ठाडा मगर दोस्रो नम्बरमा थिए । राजनीतिक नेतृत्वबीच गिरीलाई एआईजी बनाउने सहमति भइसकेको स्रोत बताउंछ ।

डीआईजीको वरियतामा एक नम्बरमा गिरी भएकाले वरियता नविग्रानेमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबीच सहमति भएको बताइन्छ ।