काठमाडौ – सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ । उनका पिता डा. टिकाराम शर्मा खनालको ७७ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।
खनालको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।उनी मधुमेह र मिर्गाैला सम्बन्धी समस्याबाट पीडित थिए । स्वर्गीय खनालको सोमबारै पशुपति आर्यघाटमा दाहसंसकार गरिने पारिवारिक स्रोतले बतायो ।
स्वर्गीय खनाल नेपाल सरकारको पूर्वसहसचिवसमेत हुन् । उनको सशस्त्र प्रहरी महानिरीक्षक खनालसहित ३ छोरा र १ छोरी
प्रतिक्रिया