काठमाण्डु – इन्टरनेसनल मिलिटरी स्पोर्टस् काउन्सिल (सीआईएसएम) ले आयोजना गरेको वर्ल्ड मिलिटरी तेक्वान्दोमा सहभागी हुने टोलीको बिदाइ गरिएको छ ।
जेठ १७ गतेदेखि जे २३ गतेसम्म कोरियामा सञ्चालन हुन गइरहेको तेक्वान्दोमा सहभागी हुने नेपाली सेनाका खेलाडीहरूलाई बुधबार प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्डामा बिदाइ गरे ।
प्रतियोगितामा नेपाली सेनाका पुरुष र महिला ४/४ जना खेलाडी तथा कोच र अफिसियल गरी जम्मा १० जना सहभागी हुनेछन् । १३८ देशका सेनाको सहभागिता रहेको काउन्सिलको नेपाली सेना सन् २०१८ मा सदस्य बनेको थियो ।
इन्टरनेसनल ओलम्पिक कमिटीसँग आबद्ध रहेको खेलकुद प्रतियोगितामा हुने सहभागिताले नेपाली सेनाका खेलाडीहरूलाई विश्व खेलकुद जगतमा चिनाउनुका साथै खेलाडीहरूको खेल कौशल र आत्मविश्वास अभिवृद्धि भई समग्रमा नेपालकै खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने सेनाले विश्वास लिएको छ ।
प्रतिक्रिया