जन्ममिति विवादमा तानिएका महासेनानी मल्ल सैनिक सेवाबाट निष्कासित

जन्ममिति विवादमा तानिएका महासेनानी मल्ल सैनिक सेवाबाट निष्कासित


काठमाण्डु – नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक अदालतले सैनिक सेवाबाट निष्कासित गरेको छ ।

जन्ममिति र नाम सच्याएको विवादमा तानिएका मल्ललाई समरी सैनिक जनरल अदालतले सरकारी सेवामा अयोग्य नहुने गरी निष्कासित गरेको छ ।

यसअघि सेनाले उनलाई हिरासतमा लिएको थियो । विवादित विषयमा उपरथी दिपक बानियाँको नेतृत्वमा बनेको समितिले छानबिन गरेको थियो ।

अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ल सैनिक अदालतको निर्णयले निष्कासित भएका छन् । मल्ल झण्डै साढे ४ महिनाअघि सैनिक सल्लाहकारको रूपमा न्यूयोर्क पुगेका थिए ।

महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई फिर्ता बोलाएर अनुसन्धान थालिएको थियो । मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् ।

न्यूयोर्कमा सैनिक सल्लाहकार रहेका महासेनानी मल्ल सैनिक प्रहरीको नियन्त्रणमा