प्रधानसेनापति सिग्देल र श्रीलंकाका राजदूतबीच भेटघाट

प्रधानसेनापति सिग्देल र श्रीलंकाका राजदूतबीच भेटघाट


काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देल र श्रीलंकाका लागि नेपाली राजदूत एयर चीफ मार्शल सुदर्शन पाथिरानाबीच भेटघाट भएको छ ।

बुधबार प्रधानसेनापति सिग्देल र राजदूत पाथिरानाबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटघाटले २ देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।