प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा दुवैबीच भेटघाट भएको हो ।

भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

भेटघाटले २ देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।