प्रधानसेनापति सिग्देलद्वारा नेपाली शान्ति सैनिकको अवस्थाबारे जानकारी

प्रधानसेनापति सिग्देलद्वारा नेपाली शान्ति सैनिकको अवस्थाबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिएको मिसनको अवस्थाबारे भर्चुअल माध्यमबाट जानकारी दिएका छन् ।

लेबनान र सिरियामा खटिएका शान्ति सैनिकको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिए ।

छलफल तथा अन्तर्क्रियाको क्रममा शान्ति मिसनका फोर्स कमान्डर मिसनका डेपुटी फोर्स कमान्डर र सिनियर नेसनल अधिकृतहरूले लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमबारे प्रधानसेनापति सिग्देललाई जानकारी गराएका थिए ।

प्रधानसेनापति सिग्देलले नेपाली शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै आइपर्नसक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए । उनले प्रतिकूल अवस्थामा समेत नेपाली शान्ति सैनिकहरूले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे ।

हाल मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।