बेलायतमा भएको अन्तर्राष्ट्रिय अभ्यासमा नेपाली सेनाले जित्यो स्वर्ण पदक

बेलायतमा भएको अन्तर्राष्ट्रिय अभ्यासमा नेपाली सेनाले जित्यो स्वर्ण पदक


काठमाण्डु – नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतमा आयोजित ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’मा स्वर्ण पदक जितेको छ ।

असोज २३–२५ गतेसम्म वेल्स, ब्रेकनमा सम्पन्न अन्तर्राष्ट्रिय अभ्यासमा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेको छ ।

प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका १२१ टोलीहरूले सहभागिता जनाएका थिए । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको प्रतिस्पर्धामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।

अभ्यासको मुख्य उद्देश्य कठिन परिस्थितिमा सैनिक टोलीको लडाइँ तयारी, खबर संकलन, घाइते र बिरामीको व्यवस्थापनका साथै ५० किलोमिटरको दूरी हतियार र करीब ५० पौण्ड तौल बराबरको उपकरणसहित पार गर्ने क्षमता परीक्षण गर्नु रहेको छ । २ दिनको अवधिमा विभिन्न कठिनाइहरू पार गर्दै नेपाली सेनाले आफ्नो सीप र दक्षता प्रदर्शन गरेको थियो ।

सेनाले यसअघि सन् २०१७ र २०१९ मा पनि स्वर्ण पदक जितेको थियो । यस वर्षको पुरस्कार वितरण समारोहमा नेपाली सेनाका उपरथी दिपककुमार बानियाँ विशेष अतिथिको रूपमा सहभागी थिए ।