प्रधानसेनापति सिग्देलद्वारा जुम्लामा निरीक्षण भ्रमण

प्रधानसेनापति सिग्देलद्वारा जुम्लामा निरीक्षण भ्रमण


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जुम्ला जिल्लास्थित सैनिक कार्यालयहरूमा निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानसेनापति सिग्देलले सोमबार जुम्ला जिल्लास्थित श्री नम्बर २४ बाहिनी अड्डा र श्री देवीदत्त गणको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति सिग्देलले बाहिनी अड्डा तथा गणको वस्तुस्थितिबारे जानकारी लिएर आवश्यक निर्देशन दिए । सो अवसरमा उनले दुवै ब्यारेक हाताको अवलोकन गर्नुका साथै सकल दर्जालाई सम्बोधन गरेका थिए ।