काठमाण्डु – सरकारले नेपाली सेनाका ३ महासेनानीलाई सहायकरथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बढुवाको निर्णय गरेको एक मन्त्रीले काठमाण्डुपाटीलाई जानकारी दिए । उनका अनुसार बढुवा हुनेमा महासेनानी सुनिलसिंह राठोर, महेश राणा र दीपेन्द्र गुरुङ रहेका छन् ।
बढुवा सम्बन्धी निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।
प्रतिक्रिया