साउदी सेनामा महिलाका लागि पहिलोपटक भर्ना खुला

साउदी सेनामा महिलाका लागि पहिलोपटक भर्ना खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं (एजेन्सी) – साउदी अरेबियामा सेनामा पहिलोपटक महिलाहरुलाई भर्ना आवेदन खुला गरिएको छ।

आन्तरिक मामिला मन्त्रालयले मुलुकका केही प्रान्तहरुमा सैनिक पदका लागि आवदेन दिन महिलाहरुलाई आह्वान गरेको बीबीसीले जनाएको छ। रियाद, मक्का, अल(काशिम र मदिना प्रान्तहरुमा सैनिक पदमा भर्ना हुनका लागि त्यहाँका महिलाहरुसँग आउँदो बिहीबार सम्मको समय छ।

अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार खुला गरिएका पदका सैनिकले युद्धको अग्रमोर्चामा जानु पर्ने छैन तर ती महिलाहरुलाई गुप्तचर विभागमा काम गर्ने अवसर दिइने छ।

आवेदकले पालना गर्नु पर्ने विभिन्न १२ वटा शर्तहरु पनि सार्वजनिक गरिएको छ जसमा आवेदकको उमेर २५ देखि ३५ वर्षको हुनुपर्ने र कम्तिमा माध्यमिक तहको विद्यालय शिक्षा हासिल गरेको हुनुपर्ने आदि प्रावधानहरु छन्।

photo source : AFP/GETTY