संसदीय समितिलार्इ जंगीअड्डामा सेनाकाे यस्ताे ब्रिफिङ

संसदीय समितिलार्इ जंगीअड्डामा सेनाकाे यस्ताे ब्रिफिङ


काठमाडाैं– नेपाली सेनाले  संघीय संसद,  राज्य व्यवस्था तथा सुशासन समितिलाई समसामयिक विषयमा ब्रिफिङ गरेकाे छ।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको समेत उपस्थितिमा प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगीअड्डामा  ब्रिफिङ गरेका हुन्।

प्रधानसेनापतिसँगै  सेनाकाे विभिन्न विभागका विभागीय रथीहरूले  सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडाैं–तराई-मधेश द्रुतमार्ग (फास्टट्रयाक) आयोजना र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी प्रस्तुतिकरण गरेका थिए।

 साथै उक्त अवसरमा नेपाली सेनालाई समय सापेक्ष आधुनिकीकरण र पेशागत व्यवसायीकरण गर्न अवलम्बन गर्नु पर्ने विषयमा छलफल समेत भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ।

 कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति सशी श्रेष्ठसहितकाे उपस्थिति रहेकाे थियाे।