विपद् व्यवस्थापनका लागि सेनाद्वारा विभिन्न निकायसँग संयुक्त अभ्यास

विपद् व्यवस्थापनका लागि सेनाद्वारा विभिन्न निकायसँग संयुक्त अभ्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग संयुक्त अभ्यास गरेको छ ।

चैत्र ०४ गतेदेखि काठमाण्डुमा सञ्चालन भएको संयुक्त अभ्यास–४० बिहीबार सम्पन्न भएको छ ।

विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैरसैनिक तथा अन्य विभिन्न निकायबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदानप्रदानबाट भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी अभ्यास सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना तथा यूएस इन्डोपाकमको संयुक्त आयोजनामा सञ्चालन भएको अभ्यासमा नेपालबाट नेपाली सेना तथा अन्य सुरक्षा निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैरसरकारी निकायहरूका ५६ जना एवं विभिन्न देशका ३६ जना गरी कूल ९२ जनाको सहभागिता थियो ।

समापन समारोहमा रथीवृन्द, नेपालका लागि अमेरिकी राजदूतावासका डेपुटी चिफ अफ मिसन अधिकृत, नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवं गैरसरकारी निकाय तथा विदेशी संघसंस्थाहरूका उच्चस्तरका पदाधिकारीको उपस्थिति थियो ।