घोडेजात्रामा सेनाद्वारा विभिन्न कला प्रदर्शन

घोडेजात्रामा सेनाद्वारा विभिन्न कला प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले घोडेजात्राका अनुसारमा विभिन्न कला प्रदर्शन गरेको छ ।

राष्ट्रपति एवं सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रमहरूसहित सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा समारोह २०८१ भएको छ ।

समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो–जम्पका साथै सैनिक डगहरुको कला प्रदर्शन गरिएका छन् ।

समारोहमा प्रमुख अतिथि राष्ट्रपति पौडेलले सो–जम्पमा प्रथम र द्वितीय हुने अमलदार पर्शुराम बुढामगर र सिपाही अरुण थापा तथा टेन्ट पेगिङ्गमा प्रथम र द्वितीय हुने जमदार शेषराज खड्का र सिपाही लक्ष्मण रावललाई पुरस्कार प्रदान गरे ।

त्यस अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख उपस्थित थिए । मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, महामहिम राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरू, सैनिक तथा गैरसैनिक महानुभावहरू, सञ्चारकर्मीहरू एवं सर्वसाधारणबाट समेत घोडेजात्राको अवलोकन भएको थियो ।